फेरि पनि संसद्को चीरहरण, संविधानको मर्मलाई कुठाराघात, व्यवस्था नै कू गर्ने अग्रसरताः माधवकुमार नेपाल

फेरि पनि संसद्को चीरहरण, संविधानको मर्मलाई कुठाराघात, व्यवस्था नै कू गर्ने अग्रसरताः माधवकुमार नेपाल

काठमाडौं, ८ जेठ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् ।

नेता नेपालले ट्वीटरमा लेखेका छन् – ‘प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’