कांग्रेस सह-महामन्त्री महत भन्छन्– ‘राष्ट्रपतिले चालेको कदम संविधानको मर्म विपरित’

कांग्रेस सह-महामन्त्री महत भन्छन्– ‘राष्ट्रपतिले चालेको कदम संविधानको मर्म विपरित’

काठमाडौं, ६ जेठ । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको प्रति असंवैधानिक कदम भनेको छ ।

कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपतिले चालेको कदम असंवैधानिक भएको बताउनुभएको छ । डा. महतले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको अवस्थामा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनु असंवैधानिक हुने राष्ट्रवाणी डटकमलाई बताउनुभएको छ ।

‘राष्ट्रपतिले आज चालेको कदम संविधानको मर्म विपरित छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दैन भन्ने लागेका राजीनामा दिनुपर्ने होनी, विश्वासको मत पनि नलिने, राजीनामा पनि नदिने यो त विल्कुल संविधान विपरितको काम हो ।’– डा. महतले भन्नुभयो ।