बादललाई हराउँदै राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी

बादललाई हराउँदै राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी

काठमाडाैं ६ जेठ ।गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी  देवकोटासँग पराजित बनेका हुन् ।