आजको राशिफल २०७८ ज्येष्ठ ४ गते, मंगलवार

आजको राशिफल २०७८ ज्येष्ठ ४ गते, मंगलवार

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य

मेष राशि : शत्रुपक्ष सबल रहनेछन् । चन्द्रमाको प्रतिकूलताले गर्दा कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि सजग रहनु नै उचित हुनेछ ।

वृष राशिः वित्तीय लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ ।

मिथुन राशिः वित्तीय लाभ हुनेछ । आमदानीका स्रोत बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अन्य क्षेत्र मध्यम फलदायी रहनेछन् ।

कर्कट राशिः प्रिय लाभ हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । कला मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ ।

सिंह राशिः दिन कार्यदायी रहनेछ । खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

कन्या राशिः गृह सुख मिल्नेछ । कार्य क्षेत्रमा उन्नतिका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । मित्र सहयोग मिल्ने देखिन्छ ।

तुला राशि : गृहसुख मिल्नेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा विशेष लगाव रहनेछ । आयमा पनि वृद्धि हुने भएकाले दिन सुखमय व्यतित हुने देखिन्छ ।

वृश्चिक राशिः पराक्रम बढ्नेछ । मिष्ठान्न लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । प्रेम जीवन पनि आज रमणीय रहनेछ ।

धनु राशिः शत्रुपक्ष सबल रहनेछन् । कार्य व्यवसायमा संघर्षका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ ।

मकर राशिः बोलीको प्रभावकारितामा कमी आउनेछ । खर्च वृद्धिका साथै प्रतिकूल स्वास्थ्यको पनि सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ ।

कुम्भ राशिः भौतिक वस्तुबाट लाभ हुनेछ । आर्थिक उन्नतिका साथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

मीन राशिः आर्थिक उन्नति हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै प्रेममा पारख बढ्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।