

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, ज्येष्ठ महिनाको २ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको १६ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत वैशाखशुक्लपक्षको चतुर्थी तिथि बिहान ६।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । आद्र्रा नक्षत्र बिहान ८।३६ बजेसम्म रहनेछन् । यसैगरी आज शूल योग र बब करण रहेका छन् ।
आज सूर्योदय बिहान ५।१६ मा छ भने सूर्यास्त बेलुका ६।४५ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा छन् । आज आइतवार सूर्यनारायण भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग शुभ रहनेछ ।