अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौंः गगन थापा

अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौंः गगन थापा

काठमाडौं, ३१ वैशाख । नेपाली काँग्रेसका सांसद एवम् पूर्व मन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने भएकाले अब जनताको जीवन रक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ ।

उहाँले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै अन्य राजनीतिक दाउपेच छाडेर महामारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँ अब कोरोना सङ्क्रमित र सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या घटाउनतिर ध्यान दिन आग्रह गर्नुभएको हो । त्यसका लागि विपक्षी लगाएत सबै राजनितिक दलले सरकारलाई साथ दिनु पर्ने थापाको भनाई छ ।