थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि, २१४ जनाको मृत्यु

थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि, २१४ जनाको मृत्यु

काठमाडौं, ३० वैशाख । नेपालमा आज थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ४ सय ७४ पिसिआर र ७७१ एन्टीजेन परिक्षणका क्रममा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ ।

त्यस्तै थप २१४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हालसम्म चार हजार चार सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप पाँच हजार ५५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा तीन लाख २१ हजार ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा एक लाख पाँच हजार दुई सय सात सक्रिय संक्रमित आइशोलेशनमा र ४९७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख १२ हजार ५६२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।