

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको १३ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखशुक्लपक्षको द्वितीया तिथि तिथि राति ३।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् ।
रोहिणी नक्षत्र राति ४।२६ बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१८ मा छ भने सूर्यास्त बेलुका ६।४४ बजे हुनेछ । चन्द्रमा आज वृषमा छन् ।आजबाट बिहीवार दुर्गा भगवतीको उपासनका साथै पहेला वस्तुको प्रयोग शुभ रहनेछ ।