कोरोना अपडेटः थप ९,३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ को मृत्यु

कोरोना अपडेटः थप ९,३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ को मृत्यु

काठमाडौँ, २९ वैशाख। नेपालमा थप नौ हजार ३०५ जनामा कोरोना पुष्टि भएको छ । 

देशभर गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताउनुभयो ।

यो संगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ । त्यस्तै थप १६८ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४ हजार २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।त्यस्तै देशभर थप चार हजार ४४४ जना व्यक्ति निको भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

हाल एक लाख एक हजार ६३४ संक्रिय संक्रमित आइशोलेशन र ५१७ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको उहाले बताउनुभयो ।