

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको १२ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखशुक्लपक्षको प्रतिपदा तिथि राति १।५६ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । कृत्तिका नक्षत्र राति १।५४ बजेसम्म रहनेछन् । यसैगरी आज शोभन योग र किंस्त्घ्न करण रहेका छन् ।
आज सूर्योदय बिहान ५।१९ मा छ भने सूर्यास्त बेलुका ६।४३ बजे हुनेछ । चन्द्रमा आज बिहान ५।५६ सम्म मेष राशिमा र सोपश्चात् वृषमा रहनेछन् ।आजबाट वैशाख शुक्लपक्षको आरम्भ भएको छ । यसैगर आिज बुधवार लक्ष्मीनारायण भगवान्को उपासना शुभ फलदायी रहनेछ ।