‘मायालाई शब्दबाट’ म्युजिक भिडियो सार्वजनिक

‘मायालाई शब्दबाट’ म्युजिक भिडियो सार्वजनिक

नेपाली गीत-संगीतको बजारमा नयाँ गीत सार्वजनिक भएको छ । विपिन मर्मको शब्द-रचना रहेको “मायालाई शब्दबाट” बोलको गीतमा विभिन्न नेपाली चलचित्रहरुका चर्चित गीतहरुमा आवाज भरिसकेकी गायिका दिपा लामाको स्वर रहेको छ । अहिलेका जल्दा-बल्दा युवा संगीतकार प्रकाश लामाले संगीत भरेका छन् भने फणिन्द्र राईले गीतको एरेन्ज गरेका छन् ।

नेपाली चलचित्रका सफल नायक पल शाह र मेरु राई अभिनित उक्त म्युजिक भिडियोको निर्देशन देव जङ्ग थापाले गरेका छन् । भिडियोमा नरेन मोक्तानको छायाङ्कन, सन्तोष राजबाहकको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ । गीतको म्युजिक भिडियो बायर्न स्टुडियो नेपाल (Biurn Studio Nepal) युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियाे