

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैहुनुहुन्छ । संघीय संसद भवनमा दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।
यस क्रममा उहाँले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउनुहुनेछ भने बहुमत ल्याउन नसके प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ । प्रधानमन्त्री ओलीले संसदमा हाल कायम रहेका २७१ सांसदमध्ये बहुमतका लागि १३६ मत प्राप्त गर्नुपर्ने हुन्छ । १३६ मत प्राप्त गर्न नसके प्रधानमन्त्रीले संसदको विश्वास गुमाउनु हुनेछ र पदमुक्त हुनुहुनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।