

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य
मेष राशिः मिष्ठान्न लाभ हुनेछ । मित्र सुखका साथै सृजनात्मक कार्यम अग्रसरता रहनेछ । आर्थिक पक्ष सबल नै देखिन्छ ।
वृष राशिः दिन कार्यदायी रहनसक्नेछ । शत्रु भयका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । लेनदेनका कार्यमा पनि सजग रहनु नै लाभप्रद रहनेछ ।
मिथुन राशिः प्रिय लाभ हुनेछ । गृह सुखका साथै भौतिक वस्तुबाट लाभ हुनेछ । व्यवसाय मध्यम फलदायी रहनेछ ।
कर्कट राशिः भौतिक वस्तुकबाट लाभ रहनेछ । पराक्रम बढ्नुका साथै अध्ययन अध्यापनमा सफलता मिलने देखिन्छ ।
सिंह राशिः चन्द्रमा प्रतिकूल रहेका छन् । खर्च बढ्नुका साथै शत्रु पक्षको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।
कन्या राशिः द्रव्य लाभ हुनेछ । कान्ति वृद्धिका साथै रचनात्मक कार्यम अग्रसरता रहनेछ । पैम पष सुमधुर रहने देखिन्छ ।
तुला राशि : कला साहित्यका क्षेत्रमा अभिरुचि रहनेछ । व्यवसायमा वृद्धिका साथै आर्थिक पक्ष सबल रहने देखिन्छ ।
वृश्चिक राशिः प्रिय लाभ हुनेछ, आय बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको क्षेत्र सबल रहनेछ ।
धनु राशिः द्रव्यलाभ हुनेछ । कान्ति वृद्धिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । सामाजिक कार्यमा मन प्रवृत्त हुने देखिन्छ ।
मकर राशिः खर्चमा वृद्धि हुनसक्नेछ । कार्य क्षेत्रमा संघर्षका साथै आर्थिक अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ ।
कुम्भ राशिः पराक्रम बढ्नेछ । गृह सुख मिल्नुका साथै अध्ययन अध्यापनमा पनि मन जानेछ । आर्थिक पक्ष सबल नै रहने देखिन्छ ।
मीन राशिः भौतिक वस्तुबाट लाभ रहनेछ, मित्र सुखका साथै लगानीको नयाँ अवसर प्राप्त हुनेछन् । अन्य क्षेत्र सबल नै रहने देखिन्छ ।