आज सोमवार, हेर्नुहोस् आजको दिन २०७८ वैशाख २७ गते

आज सोमवार, हेर्नुहोस् आजको दिन २०७८ वैशाख २७ गते

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको ९ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखकृष्णपक्षको चतुर्दशी तिथि राति ९।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्विनी नक्षत्र राति ८।४४ बजेसम्म रहनेछन् । यसैगरी आज आयुष्मान् योग र भद्रा रहेका छन् ।

आज सूर्योदय बिहान ५।२० मा छ भने सूर्यास्त बेलुका ६।४२ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका छन् ।आज सोमवार शिवजीको उपासनका साथै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।