पछिल्लो २४ घण्टामा ८८५० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ८८५० जनामा संक्रमण पुष्टि

काठमाडौँ, २६ वैशाख।पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २२ जनासंक्रमण मुक्त भएका छन् ।