

लुम्बिनी , २७ वैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडीको नेतृत्वमा चारै दलका ४० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। अहिले ७९ सदस्य रहेको प्रदेश सभामा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन्।