आजको राशिफल २०७८ वैशाख २६ गते, आइतवार

आजको राशिफल २०७८ वैशाख २६ गते, आइतवार

-उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य-

मेष राशिः शत्रुपक्ष सबल रहनेछन् । सवास्थ्यमा प्रतिकूलताका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ । अन्य क्षेत्र मध्यम रहनेछन् ।

वृष राशिः पारिवारिक सुख मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै वित्तीय लाभका योग देखिन्छन् । प्रेम जीवन पनि पारखिलो रहने देखिन्छ ।

कर्कट राशिः आर्थिक लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

सिंह राशिः आज चन्द्रबल कमजोर रहनेछ । जसले गर्दा खर्चमा वृद्धिका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

कन्या राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।

तुला राशि ः द्रव्य लाभ हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । कृषि क्षेत्र पनि फलदायी रहन देखिन्छ ।

वृश्चिक राशिः व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका स ाथै आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र पनि सबल नै रहने आजको राशिफल रहेको छ ।

धनु राशिः चन्द्रमा प्रतिकूल रहेका छन् । जसले आजको दिनलाई अस्थिरताका साथै खर्चिलो पनि बनाउन सक्नेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ ।

मकर राशिः आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल बन्ने देखिन्छ । प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ ।

कुम्भ राशिः वाणिज्य क्षेत्र सबल रहनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । समग्रमा आजको दिन सुखद् रहने देखिन्छ ।

मीन राशिः सामाजिक कार्यमा मन प्रवृत्त हुनेछ । आयमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।