आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७८ वैशाख २६ गते

आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७८ वैशाख २६ गते

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको ९ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखकृष्णपक्षको त्रयोदशी तिथि बेलुका ८।११ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र बेलुका ६।२६ बजेसम्म रहनेछन् । यसैगरी आज प्रीति योग र गर रहेका छन् । आज सूर्योदय बिहान ५।२१ मा छ भने सूर्यास्त बेलुका ६।४१ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।
आज प्रदोषव्रत परेको छ । त्रयोदशीयुक्त सन्ध्याकालीन समय दोषयुक्त रहहने भएकाले आज केवल शिवजीको उपासना शुभ फलदायी रहनेछ ।