आज राष्ट्रिय कानून दिवस, कोरोना महामारीका कारण औपचारिक कार्यक्रम छैन

आज राष्ट्रिय कानून दिवस, कोरोना महामारीका कारण औपचारिक कार्यक्रम छैन

काठमाडौं, २७ वैशाख ।आज राष्ट्रिय कानून दिवस, कोरोना महामारी नियन्त्रणका लागि देशका अधिकांश क्षेत्रमा गरिएको निशेधाज्ञाका कारण भर्चुअल माध्यमबाट आपसी शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

कानून दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिवद्धता व्यक्त गर्ने दिन भएको भन्दै सहज पहुँचयुक्त तथा जनआस्थामा आधारित न्याय पद्धतिको विकास गर्न आजको दिनले थप उर्जा र हौसला मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । समानता र न्यायलाई नेपालको संविधानले आधारभूत संरचनाको रुपमा स्थापित गरेको स्मरण गर्दै प्रधानन्यायाधीश राणाले यो कानून दिवसलाई राष्ट्रिउ पर्वकै रुपमा मनाइनुपर्ने घारणासमेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गरी सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । औपचारिक कार्यक्रम नहुने भएकाले आपसमा शुभकामना आदानप्रदान गरी दिवस मनाउन उनले सबैमा अपीलसमेत गर्नुभएको छ ।