काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञामा झन् कडाई

काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञामा झन् कडाई

काठमाडौं, २६ वैशाख । कोरोना संक्रमण रोकथाम र न्युनिरकणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो ।

आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

हाल देशका ६१ भन्दा बढि जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ । झापा, इलाम, मोरङ, सुनसरी, बाँके, सुर्खेत,कैलाली, पर्सा, पाल्पा, रुपन्देही, बाग्लुङ्, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, गुल्मी, प्युठान, गोरखा, बाजुरा, कालिकोट, रोल्पा लगायत जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ ।