दिलिप थापामगरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार (अरु को–को भए पुरस्कृत ?)

दिलिप थापामगरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार (अरु को–को भए पुरस्कृत ?)

काठमाडौं । छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष दिलिप थापामगरले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् । सरोकार टेलिभिजिन र हिमालयन टेलिभ्वाइस न्यूज एजेन्सीका सञ्चालक थापा एक लाख राशीको सो पुरस्कारबाट पुरस्कृत भएका हुन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ । पुरस्कार वितरण भने कोरोनाकाल सकिएसंगै गरिने भएको छ ।  दिलिप थापामगरसहित पुरस्कृत सबैलाई राष्ट्रवाणी डट कमकातर्फबाट हार्दिक बधाई ।

पुरस्कार पाउनेहरुको नामावलीः

वरिष्ठ पत्रकार सम्मान २०७६ – स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बा

वरिष्ठ पत्रकार सम्मान २०७७ – रघु मैनाली र शार्दूल भट्टराई

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६

इन्द्र बुढा (उजीर मगर) – बागलुङ

मात्रिका पौडेल – रामेछाप

संगिता खड्का – काठमाडौं

शेषराज दाहाल– सिन्धुली

हेमन्तबहादुर विक– बाँके

शीतल साह – धनुषा

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७

दिलीपकुमार थापामगर– भक्तपुर

दीपेन न्यौपाने– मोरङ

दुर्गाप्रसाद शर्मा– पर्वत

शुरोजंग पाण्डे– दोलखा

नितु पण्डित – नुवाकोट

पुनम पौडेल– ललितपुर