

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको ८ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखकृष्णपक्षको द्वादशी तिथि बेलुका ६।५९ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र दिवा ४।२८ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र कौलव रहेका छन् । आज सूर्योदय बिहान ५।२१ मा छ भने सूर्यास्त बेलुका ६।४१ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।
आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजन शुभ फलदायी रहनेछ । यसैगरी शनिजन्य दोष निवारणका लागि ॐ शं शनिश्चराय नमः भन्ने मन्त्रको जप पनि शुभ रहनेछ ।