पछिल्लो २४ घण्टामा थप ९१९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ९१९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

काठमाडौँ, २४ वैशाख।पछिल्लो २४ घण्टामा थप ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा २९०५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ९५ हजार ३९५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७८.२ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको छ ।