एमालेबाट राष्ट्रिय सभामा गृहमन्त्री थापानै बने उम्मेदवार

एमालेबाट राष्ट्रिय सभामा गृहमन्त्री थापानै बने उम्मेदवार

काठमाडौं, २४ वैशाख ।नेकपा एमालेबाट राष्ट्रियसभाको उपचुनावमा  गृहमन्त्री रामबहादुर थापा नै उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले शिर्ष नेताहरुको बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि उनी उम्मेदवारी मनोनयनका लागि हेटौंडातर्फ लागेका छन् ।थापा २०७४ मा तत्कालीन मओवादी केन्द्रबाट उम्मेद्वार बनेका थिए। नेकपाको एकता भंग भएपछि थापा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए ।यसअघि एमाले पराजित हुने अवस्थामा थापाले उम्मेद्वारी नदिने अडान लिदै आएका थिए ।

त्यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेकै नेपाल पक्षको समर्थनमा डा, खिमलाल देवकोटाले मनोनय दर्ता गर्दै छन् ।