

राज भण्डारी, गुल्मी
पछिल्लो समयमा बजारमा दिन प्रति दिन नयाँ नयाँ लोक दोहोरी गीत बजारमा आइरहेका छन्। त्यसै क्रममा गायक तथा सञ्चारकर्मी हुकुम थापाको पहिलो लोक गीत ‘ज्यान जाला’ सार्वजनिक भएको छ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नं. ६ चिदिपानीका थापा रेडियो, टिभीमा ४ बर्षदेखि विभिन्न कार्यक्रम संचालन गर्दै आउनु भएको छ।

लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री, हिमा थापा, हुकुम थापा र मधु घिमिरेको सुमधुर आवाजमा गित सुन्न सकिन्छ भने उक्त गीतमा लय तथा शब्द नेत्र अर्यालको रहेको छ । गीतको एरेन्ज महेन्द्र भण्डारीको रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गर्नुभएको छ । भिडियोमा अर्जुन कुँवर,आयुष्मा कार्की, लोमस शर्मा लगायतको अभिनय रहेको देख्न पाइन्छ। गीत नयाँपाइला युटुव मार्फत सार्वजनिक भएको छ ।
भिडियाे