लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन

लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौँ, २३ वैशाख।वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।

प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको,नमान लाज यस्तरी ,तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् ।