आज बिहीवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७८ वैशाख २३ गते

आज बिहीवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७८ वैशाख २३ गते

-उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्-

 

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २३ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको ६ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखकृष्णपक्षको दशमी तिथि बेलुका ५।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र दिवा १।५६ बजेसम्म रहनेछन् । यसैगरी आज ऐन्द्र योग र तैतिल वणिज रहेका छन् । आज सूर्योदय बिहान ५।२४ मा छ भने सूर्यास्त बेलुका ६।४० बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् ।

आज बिहीवार दुर्गा भगवतीको उपासनाका साथै पहेला वस्तुको प्रयोग शुभ फलदायी रहनेछ ।