

काठमाडौँ, २२ वैशाख।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।
देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि देउवा निवास पुगेका हुन् ।प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका हुन् ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवाका अलावा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत लगायत उपस्थित छन् ।