लुम्बिनीका प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

लुम्बिनीका प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

लुम्बिनी, २२ वैशाख।लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले प्रदेशसभामा पुगेर राजीनामा बुझाएका छन् ।

यसअघि मंगलबार नै डाँगीले प्रदेशसभाबाट राजीनामा दिने घोषणा गरेका थिए ।डाँगी एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी अब नेकपा माओवादी केन्द्रमा लाग्ने भएका छन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले ‘अल्पमत’को बीच सपथ लिएको भन्दै बिबाद भइरहेको बेला डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका हुन् ।