

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २२ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको ५ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखकृष्णपक्षको नवमी तिथि बेलुका ५।३२ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । धनिष्ठा नक्षत्र दिवा १।२४ बजेसम्म रहनेछन् । यसैगरी आज ब्रह्म योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।२४ मा छ भने सूर्यास्त बेलुका ६।३९ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् ।
आज बुधवार लक्ष्मीनारायण भगवान्को उपासनाका साथै हरिया वस्तुको प्रयोग शुभ फलदायी रहनेछ ।