विश्‍वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय

विश्‍वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय

काठमाडौँ, २१ वैशाख।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निबास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीलेको कदमलाई विपक्षीहरू मिलेर असफल पार्ने निर्णय गरेको हो ।विश्‍वासको मत लिने ओलीको कदम असल नियतबाट निर्देशित नरहेको र यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने निश्कर्ष निकाल्दै यो विरुद्ध संगठित रुपमा प्रस्तुत हुने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले बताउनुभयो । विश्वासको प्रस्ताव फेल भएपछि वैकल्पिक सरकार गठनको लागि बाटो खुल्‍ने उहाले बताउनुभयो ।

बर्तमान सरकारले चौतर्फी रुपमा संवैधानिक मान्यता र मर्यादालाई भत्काउने काम गरेको र प्रदेशमा पनि नाङ्गो किसिमबाट अल्पमतमा पुगिसकेपछि सरकार बनाउने असंवैधानिक काम केन्द्रको निर्देशनमा भएको भन्दै भत्र्सना गरिएको महतले बताउनुभयो । त्यस्तै उहाले संसदलाई छलेर अध्यादेशको माध्यमबाट धेरै बिषयलाई अघि बढाउने काम भएको भन्दै बैठकले भत्र्सना गरेको जानकारी दिनुभयो ।

त्यस्तै कारोना महामारीमा आवश्यक सामाग्रीको उचित वस्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै कोरोनाका कारण पार्टीको महाधिवेशन अप्ठेरोमा परेपनि तोकिएको समयमा नै महाधिवशेन सम्पन्न गर्न आन्तरिक काम जारी राख्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।