कोरोना अपडेटः नेपालमा थप ७ हजार ६६० जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

  • 17
    Shares
कोरोना अपडेटः नेपालमा थप ७ हजार ६६० जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौँ, २१ वैशाख। नेपालमा पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १६ हजार १ सय ३१ पिसिआर परिक्षणका क्रममा सात हजार पाँच सय ८७ र ५७१ एन्टीजेन परिक्षणका क्रममा ७३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म तीन लाख ५१ हजार ५ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालका कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु भएको छ ।देशका बिभिन्न स्थानमा ५५ जनाको मृत्यु भएको र हालसम्म नेपालमा कोरोना कारण तीन हजार चार सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १७ सय ७५ जना निको हुँदा हालस्म्म दुई लाख ८७ हजार ७९० जना निको भएका छन् । हाल नेपालमा ५९ हजार ७९८ सक्रिय संक्रमति आइशालेशनमा र २५३ जना क्वारैन्टाइनमा छन् । हालसम्म नेपालमा २५ लाख ३७ हजार २९५ वटा पिसिआर परिक्षण गरिएको छ ।