काङ्ग्रेस पदाधिकारी बैठक बस्दै

  • 16
    Shares
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २१ वैशाख । नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र कोरोना महामारीले उत्पन्न अवस्था लगायतका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

यसअघि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको थियो । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफल हुने उहाँले बताउनुभयो । बैठकमा विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा हुने छ भने पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा समेत छलफल हुने बताइएको छ ।