आज भौमाष्टमीव्रत, हेर्नुहोस् आजको दिन २०७८ वैशाख २१ गते

आज भौमाष्टमीव्रत, हेर्नुहोस् आजको दिन २०७८ वैशाख २१ गते

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २१ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको ४ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखकृष्णपक्षको अष्टमी तिथि बेलुका ६।६ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । श्रवण नक्षत्र दिवा १।२१ बजेसम्म रहनेछन् । यसैगरी आज शुक्ल योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।२४ मा छ भने सूर्यास्त बेलुका ६।३९ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।

आज भौमाष्टमीव्रत परेको छ । मंगलवार अष्टमीको व्रत उत्तम फलदायी मानिन्छ । आद्य शक्रि भगवतीको उपासना आज शुभ फलदायी रहनेछ ।