प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने

  • 10
    Shares
प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने

काठमाडौँ, १९ वैशाख।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद्मा विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् । आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले यस्तो जानकारी गराएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् ।