अमेरिकाको मायामी शहरस्थित एकदमै व्यस्त सडक क्षेत्रमा पैदलयात्रीका लागि हालै निर्माण गरिएको एउटा पुल भत्कँदा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुलको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी कार्यमा उद्धारकर्ताहरु खटिइरहेका छन्। आपत्कालीन उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका कारहरुमा फसेका मानिसहरुलाई बाहिर निकालिरहेका छन्। उक्त पुलको निर्माण शनिबार पुरा भएको थियो तर त्यो पैदल यात्रुका लागि खुल्ला गरिएको थिएन। –बिबिसिबाट