लोकतन्त्र दिवस: तथ्यको आलोकमा

  • 18
    Shares
लोकतन्त्र दिवस: तथ्यको आलोकमा

“राजाबाट नितान्त सत्ता परित्याग थियो”-सत्य यही नै हो

** जयप्रकाश आनन्द **

आज बैशाख ११ गते। लाखौं आन्दोलनकारीबाट दरबार घेरिएको अवस्थामा र शाही सेनाले राजाको रक्षाका लागि व्यापक जनहत्या गर्न नसक्ने भनेपछि ज्ञानेन्द्र शाहले “सदाको लागि सत्ता त्यागेको” जानकारी गिरिजा प्र. कोईरालालाई गराएको सत्य हो। सेना, भारत र राजाका प्रमुख सचिव साक्षी हुन् ।

बदलिएको परिस्थितिमा माधव कु. नेपाल यस सत्यलाई कसरी भन्नु हुन्छ-थाहा छैन । तत्कालिन सात दलका नेता सबैले बुझेकै हो । “जनताको नासो सदाशयताका साथ जनतालाई सुम्पिबक्सेको” भन्नु तेस बेलाका अज्ञानीहरूको अहिले भ्रमोत्पादन मात्र हो । “राजाबाट नितान्त सत्ता परित्याग थियो”-सत्य यही नै हो।

पुनर्स्थापित संसदको पहिलो बैठकबाट भएको “राजतन्त्र अन्त्यको घोषणा” राजाबाट कठिन बाध्यात्मक परिस्थितिमा सत्ता छोडनु परेको कुराको संसदीय अनुमोदन मात्र हो।संसदका ‘प्रोटेम स्पीकर’ यस सत्य सम्पादनका कर्ता मात्र हुन्-जानकार हैन । जानेका र गर्नुपर्ने बुझेका त गिरिजा बाबु मात्र हुन् ।

नारायणहिटीमा ज्ञानेन्द्र र कृष्ण प्र. सिटौलाका बीच कुनै सहमति गर्नु पर्ने नै थिएन।सिटौलाको “ज्ञानेन्द्र कुन दिन दरबारबाट बहिरिने” यो जनाउने र ज्ञानेन्द्रलाई नि:शर्त तिथीमिति मात्र दिने कार्यभार रहेको हो। यस सत्यबाट कोशौं दूर रहेकाहरू हाल ‘ज्ञानेन्द्रसंग कुनै सहमति भएको’ भन्छन् ।

‘सत्ताबाट निकालिएका’ र तत्कालिन अवस्थामा ‘आफ्नो जीवनको लागि’ निक्लेका पूर्व राजाको भावी नियति मलाई थाहा छैन । तर, आज बैशाख ११ गतेको एतिहासिक सत्यलाई बुझ्ने तथ्य यही नै हो। सहमतिको त्यो कथित ‘प्रमाण’ ज्ञानेन्द्रले कहिल्यै देखाउन सक्दैन । सत्य यही हो।

-जयप्रकाश आनन्दकाे फेसबुकबाट