एमालेभित्रकै केहि नेताले कम्युनिष्टलाई कमजोर पार्ने काम गरेः मुख्यमन्त्री राई

एमालेभित्रकै केहि नेताले कम्युनिष्टलाई कमजोर पार्ने काम गरेः मुख्यमन्त्री राई

काठमाडौं, ११ वैशाख । प्रदेश नंवर १ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केहि नेताले पार्टी र कम्युनिष्टलाई कमजोर पार्ने काम गरेको आरोप लगाउनुभएको छ । भोजपुर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले एमालेलाइ कमजोर पार्न र नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केहि नेताहरु लागेको आरोप लगाउनुभएको हो ।

उहाले बहुमतको केन्द्रीय सरकार र प्रदेशका सरकारलाई समेत पार्टीभित्रकै नेताहरुले गिराउने प्रयास गरेको तर्क गर्नुभयो । राईले पार्टीको बिधि बिधान बिपरित कसैपनि काम गर्न नसक्ने भन्दै पार्टी बिपरित कार्य गरेकाले स्पष्टीकरण सोध्न बाध्य भएको बताउनुभयो । सर्वोच्चको आदेशपछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किएकाले एमालेलाई मजबुद बनाउदै अघि बढ्नुको बिकल्प नभउको उहाको भनाई छ ।

त्यस्तै मुख्य मन्त्री राईले वर्तमान केपी ओली नेतृत्वको सरकार मुलुकको समृद्धि र बिकासको सहि ट्र्याकमा हिडेको जिकिर गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री राईले भोजपुर काठमाडौं सम्पर्क मञ्चले प्रकाशन गरेको भित्तेपात्रो बिमोचन गर्नुभएको थियो ।