गीताको पछिपछि पल र अनिश (भिडियो)

गीताको पछिपछि पल र अनिश (भिडियो)

काठमाडाैं । गायक अनिस भण्डारीको नयाँ गीतको भिडियो ‘चरीले’ सार्वजनिक भएको छ । युवापुस्तामा रुचाईएका संगीतकार राजन तिमिल्सिनाद्वारा संगीतबद्द यो गीतमा गायक स्वयंले अहिलेका चर्चित नायक पल शाह र मोडल गीता ढुंगानासँग अभिनय गरेका छन् ।

लोक पप मेलोडी ‘चरीले’को भिडियोलाई शान थापाले निर्देशन गरेका छन् भने राजीव समरले कोरियोग्राफी गरेका छन् । अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यसअघि गायक भण्डारी र गायक सुगम पोख्रेलको संयुक्त गीत ‘ताली ठोकौँला’ दर्शक श्रोतामाझ लोकप्रिय भएको थियो । यस पटकको गीत ‘चरीले’बाट पनि गायक भण्डारीले उत्तिकै आशा लिएका छन् ।

‘पहिले जसरी नै यो गीतबाट दर्शक श्रोताको साथ पाउनेछु भन्नेमा आशावादी छु । लोक पल मेलोडीमा रहेको यो गीत र यसको भिडियो अहिलेको चलनचल्ती अनुसार तयार गरिएको छ’, अन्य गीतको समेत तयारीमा रहेका उनले भने, ‘यो गीत जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेको छु । दर्शक श्रोताको प्रतिक्रियाले नै मलाई गीत संगीतको आगामी यात्रा तय गर्न मद्दत पुग्नेछ’ ।

यो गीतमा अभिनय समेत गरेका भण्डारीले आगामी दिनमा समेत अभिनयमा आफुलाई अघि सार्ने योजना रहेको बताए । यो गीतको भिडियो यूट्युब लगाएत अन्य अडियोका डिजिटल प्लाटफर्ममा उपलब्ध छ ।

भिडियो