विदेश जाने विद्यार्थीलाई आजदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द

विदेश जाने विद्यार्थीलाई आजदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द

काठमाडौं, ९ वैशाख । सरकारले आजदेखि वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई अनुमति दिन बन्द गरेको छ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) आजदेखि बन्द गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो ।

आजदेखि लागु हुने गरि अर्को सूचना नभएसम्म वैदेशिक अध्ययन स्वीकृतीपत्र दिन बन्द गरिएको सूचनामा उल्लेख छ । तर, विदेश अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्शन लेटर जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जनाएको छ ।