कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का

काठमाडाैं । कस्तुप पन्तको शब्द रचना र संगीत रहेको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपको आज (बैशाख ९ गते) जन्मदिन समेत हो । उनले जन्मदिनको नजिकै यो गीत डिजिटल रिलीज गरेका थिए ।

कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन रहेको छ । शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले नृत्य गरेका छन् ।

अमृत चापागाईंको सम्पादन, दुर्गा पौडेलको छायांकन र रेशम दर्लामीको ड्रोन रहेको गीतको पोस्ट प्रोडक्सनको काम जनता डिजिटल फिल्मसमा भएको हो । संगीतकार पन्तको नाममा खोलिएको यूट्युब च्यानलमा सार्वजनिक भएको गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । गीतको अडियो र भिडियो दुवैको प्रशंसा भएको छ ।

संगीतकार पन्तले गीतको भाकामा मौलिकता भेटिने बताए । गीतको बारेमा उनी भन्छन्, ‘हाम्रा बाउ बाजेले गाउने गरेको रोइलालाई अहिलेको चलनचल्तीका शब्दहरु र श्रृंगारिक शब्दहरु गीतमा प्रयोग गरिएको छ । यो गीतलाई पारिवारिक भन्न चाहन्छु ।’ उनले गीतको भिडियो ठूलो खर्चमा तयार भएको बताए ।

दर्शकहरुलाई नयाँ लागोस् भन्नका लागि गीतको भिडियोमा गायक र गायिकालाई अभिनय गराएको उनी बताउँछन् । लोक संगीत अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिएका कारण योे गीतले सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ । टिकटकलाई लक्षित गरेर पनि शब्दहरु प्रयोग गरिएकाले गीतलाई दर्शक/स्रोताहरुले रुचाएको उनले बताए ।

भिडियो