आज बिहीवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७८ वैशाख ९ गते

  • 7
    Shares
आज बिहीवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७८ वैशाख ९ गते

उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको २२ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रशुक्लपक्षको दशमी तिथि बेलुका ६।४८ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मघा नक्षत्र राति ३।३८ बजेसम्म रहनेछन् । यसैगरी आज गण्ड योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।३५ मा छ भने सूर्यास्त बेलुका ६।३२ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।

आज बिहीवार दुर्गा भगवतीको उपासनाका साथै पहेला वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी बौद्धिक कार्यक्षेत्रसम्बद्ध कार्यको आरम्भ पनि आज सुखद् रहनेछ ।