थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र १०५१ जना

  • 8
    Shares
थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र १०५१ जना

काठमाडौँ, ८ वैशाख।पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ४४ पीसीआर परीक्षणबाट बुधबार २ हजार २२० जना संक्रमित फेला परेको हो । त्यस्तै ८ सय ३ एन्टिजेन परीक्षणबाट १३१ जनामा संक्रमण पुष्टि भएको छ ।बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।