प्रदेशस्तरीय ‘तरुण सम्मेलन तथा प्रशिक्षण’ स्थगित

  • 1
    Share
प्रदेशस्तरीय ‘तरुण सम्मेलन तथा प्रशिक्षण’ स्थगित

काठमाडौँ, ८ वैशाख।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगन गरेको छ ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले आज विज्ञप्ति जारी गरी देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकाले विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगन गरिएको बताउनुभयो । यही वैशाख १२ र १३ गते गण्डकी प्रदेशको पोखरा र जेठ १ र २ गते प्रदेश नं २ को बारामा प्रदेश सम्मेलन तोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आएर सामाजिक वातावरण सहज भएपछिे नयाँ मिति तोकेर प्रदेश सम्मेलन आयोजना गरिने दलले जनाएको छ ।रासस