आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ, हेर्नुहोस् आजको दिन २०७८ वैशाख ५ गते

आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ, हेर्नुहोस् आजको दिन २०७८ वैशाख ५ गते

उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको ५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको १८ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रशुक्लपक्षको षष्ठी तिथि बेलुका ६।२३ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । आद्र्रा नक्षत्र राति १।१२ बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।३९ मा छ भने सूर्यास्त बेलुका ६।३० बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका छन् ।

आज आइतवार सूर्यनारायण भगवान्को उपासनाकासाथै राता वस्तुको प्रयोग शुभदायी रहनेछ । यसैगरी सूर्यजन्य दोष निवारणका लागि प्रातः कालमा सूर्यलाई अर्घदान पनि कल्याणदायी रहनेछ ।