प्रधानमन्त्री ओलीसँग नैतिकताको विचलन देखिएको छ : अध्यक्ष दाहाल

प्रधानमन्त्री ओलीसँग नैतिकताको विचलन देखिएको छ : अध्यक्ष दाहाल

काठमाडौँ, ४ वैशाख।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको विचलन देखिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा शनिबार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, बागमति प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले विचलनमा गइसकेको हुनाले केपी ओलीसँग नैतिकता नै नरहेको टिप्पणी पनि गर्नुभयो ।

त्यस्तै उहाले आफूले प्रतिनिधिसभा पूनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले त्यही दिनमै राजीनामा दिनुपर्ने माग गरेको पनि स्मरण गरााउनुभयो ।प्रचण्डले आफूहरु यतिवेला सरकार गठन, पूनर्गठनको प्रक्रियामा रहेको उल्लेख गर्नुभयो । बिभिन्न प्रदेशमा सरकार परिवर्तनको क्रम सुरु भइसकेको भन्दै प्रचण्डले अब केन्द्रमा यो अन्यौलता र अराजकताको स्थिति अन्त्य गर्नको लगातार पहल गरिरहेको बताउनुभयो । प्रचण्डले संयुक्त सरकार हुँदा पनि प्रधानमन्त्रीले केहि महत्वपूर्ण कानून बन्न रोकेको आरोप लगाउनुभयो । उहाले नेपालमा गणतन्त्र स्थापना गर्न माओवादीको महत्वपूर्ण भूमिका रहेको भन्दै अव माओवादीलाई एक नम्वरको पार्टी बनाउन सम्भव रहेको तर्क गर्नुभयो ।

उहाले संघीय शिक्षा ऐन तयार गर्नका लागि शिक्षा मन्त्रालयलाई भनेर बिधेयक तयार गर्दा पनि प्रधानमन्त्रीले रोकेको बताउनुभयो । प्रचण्डले शिक्षकका समस्याहरु धेरै रहेको भन्दै यसलाई समाधान गर्न आफुले जोड दिने बताउनुभयो ।