आगामी बजेट निर्माणका बारेमा अर्थ समितिमा छलफल हुँदै

आगामी बजेट निर्माणका बारेमा अर्थ समितिमा छलफल हुँदै

काठमाडौँ, ३१ चैत।चालु आर्थिक वर्षको बजेट र आगामी बजेटको तयारीको बारेमा संसदको अर्थ समितिले आज सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ ।

सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा दिउँसो १ बजे छलफल गर्न लागिएको हो । बैठकमा अर्थ मन्त्री विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल, आयोगका सदस्यहरू, अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सचिव र महालेखा नियन्त्रकलाई बोलाइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आर्थिक वर्षको बजेट तयारी सम्बन्धमा छलफल हुने समितिले जनाएको छ ।