कोरोना बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा सरकारको कडाई

कोरोना बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा सरकारको कडाई

काठमाडौँ, २८चैत।कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाई गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जना भन्दा बढि भेला हुन आम नागरिकलाई आग्रह गरेको छ भने विद्यालयहरुमा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न भनिएको छ । पछिल्लो पटक युवा र बालबालिकामा समेत कोरोना भाईरसको सङ्क्रमण देखिएकाले विद्यालय सबैभन्दा जोखिम क्षेत्र रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यस्तोमा तत्काल विद्यालय बन्द गर्न पनि कतिपले सुझाब दिएका छन् । तर सरकारले भने तत्काल विद्यालय बन्दको कुनै योजना नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विद्यालय बन्द गर्ने बारे कु।नै निर्णय नभएको जानकारी दिनुभयो । बरु विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कुनै पनि छुट नहुने उहाँको भनाई छ ।

भारतमा समेत कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेकाले नेपालमा पनि त्यसको असर देखिन थालेको छ । भारतका विभिन्न राज्यमा विद्यालयहरु बन्द गरिएका छन् भने आंशिक लकडाउन गर्न थालिएको छ । नेपालमा भने हाल त्यस्तो अवस्था नरहेकाले तत्काल विद्यालय बन्द गर्ने र लकडाउन गर्ने सोंच नरहेको प्रवक्ता डा. गौतमको भनाइ छ ।