आजको राशिफल २०७७ चैत्र २७ गते, शुक्रवार

आजको राशिफल २०७७ चैत्र २७ गते, शुक्रवार

उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्

मेष राशिः वृत्ति लाभ हुनेछ । कार्य क्षेत्रमा उन्नतिका साथै यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।

वृष राशिः कीर्ति लाभ हुनेछ । व्यवसायमा वृद्धिका साथै मन नयाँ कार्यमा प्रवृत्त रहनेछ । आफन्त एवं परिवारजनको साथ सहयोगले दिन सुखद् रहने देखिन्छ ।

मिथुन राशिः आर्थिक उन्नति हुनेछ । कार्य लाभका साथै यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सुखमय व्यतीत हुनेछ ।

कर्कट राशिः ग्रह बल आज कमजोर देखिन्छ । खर्च बढ्नुका साथै कार्यक्षेत्रमा पनि अवरोध रहनसक्नेछ । शत्रु पक्षबाट सजग रहनु नै उचित हुनेछ ।

सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ । विद्याको क्षेत्र आज सबल देखिन्छ ।

कन्या राशिः आर्थिक लाभ हुनेछ । कार्य व्यवसायमा उन्नतिका साथै जलीय वस्तु लाभदायी रहनेछन् । मित्रजनको साथ सहयोगले दिन सुखद् रहने देखिन्छ ।

तुला राशिः गृह सुख मिल्नेछ । बौद्धिक कार्यमा रुचि रहनुका साथै यात्राको योग पनि देखिन्छ । आर्थिक क्षेत्र सबल नै रहनेछ ।

वृश्चिक राशिः ग्रह बल आज कमजोर रहनेछ । खर्च वृद्धिका साथै शारीरिक आलश्यताले सताउनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

धनु राशिः अध्ययनमा रुचि रहनेछ । मित्र सुख मिल्नुका साथै यात्राका योग पनि रहेका छन् । स्वास्थ्यको भाव सबल देखिन्छ ।

मकर राशिः प्रिय लाभ हुनेछ । मित्र सुख मिल्नुका साथै व्यवसायमा पनि उन्नति हुने देखिन्छ । जलीय वस्तु लाभप्रद रहनेछन् ।

कुम्भ राशिः वृत्ति लाभ हुनेछ । आर्थिक उन्नतिका साथै यात्राका योग पनि देखिन्छन् । मन नयाँ कार्यमा प्रवृत्त रहनसक्ने देखिन्छ ।

मीन राशिः शत्रुपक्ष आज सबल रहनेछन् । कार्य क्षेत्रमा संघर्षका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । निर्णयप्रक्रियामा नहतारिनु नै उचित हुनेछ ।