कोरोना अपडेट : मंगलबार थप २६० जनामा कोरोना पुष्टि

कोरोना अपडेट : मंगलबार थप २६० जनामा कोरोना पुष्टि

काठमाडौँ, २४ चैत।नेपालमा मंगलबार थप २६० जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ । त्यस्तै थप ११३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७३ हजार ४५५ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म तीन हजार ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १९ सय ७९ जना आइशोलेशन र ६९ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै २२ लाख ९४ हजार ६७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।